आईपीएलमा सन्दीप लामिछानेको लोभलाग्दो प्रदर्शन

ए वान डेस्क
६ जेष्ठ २०७५, आईतवार २१:५७

आईपीएल क्रिकेटमा नेपालका सन्दीप लामिछानेले लोभलाग्दो प्रदर्शन गरेका छन् ।

दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिए । जम्मा १२ ओभरमा उनले ८२ रन खर्चिए । उनको रन इकोनोमी ६ दशमलव ८३ रह्यो । आइतबार मुम्बईसंगको खेलमा केही महंगो बलिङ गरेपनि समग्रमा ९ हाराहारीको रन इकोनोमी आईपीएलमा धेरै होइन ।

सन्दीपले मुम्बई इण्डियन्स, रोयल च्यालेन्जर्स बेग्लोर र चेन्नई सुपरकिंग्ससंग खेल्ने मौका पाए । उनले पार्थिब पटेल, सुरेश रैना, किरोन पोलार्ड, क्रुनाल पाण्ड्या र सुर्यकुमार यादवको विकेट लिएका हुन् । उनले भारतीय कप्तान विराट कोहली, पुर्व कप्तान महेन्द्रसिंह धोनी, एबीडी भिलियर्स, सुरेश रैना लगायतका क्रिकेट हस्तीहरुलाई बलिङ गरे ।

आफ्नो दोश्रो खेलमा त उनी स्टाइलिस प्लेयर अफ द म्याच पनि चुनिए । दिल्लीले शुरुका खेलमा मौका नदिएपनि सन्दिपले मौका पाएका तीनै खेलमा लोभलाग्दो प्रदर्शन गर्दै आफु विश्वमै उदीयमान स्पिनर रहेको पुष्टि गरेका छन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयामा अनुबन्ध गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*