गुरु शंङ्कराचार्य बारामा, स्वागतमा बजाईयो पञ्चेबाजा

ए वान डेस्क
६ जेष्ठ २०७५, आईतवार २२:५३

ए वान डेस्क /

गुरु शंङ्कराचार्य आज बारा आउनुभएको छ । जीतपुरमा आयोजना गरिएको प्रवचन कार्यक्रममा सहभागी हुन गुरु शंङ्कराचार्य आज बारा आउनुभएको हो ।

जीतपुरको गौशाला मैदानमा आयोजित कार्यक्रममा गुरु शंङ्कराचार्यले झन्डै आधा घण्टा प्रवचन दिनुभएको थियो । गुरु शंङ्कराचार्यको प्रवचन सुन्न बाराका बिभिन्न स्थानबाट शर्वसाधारणहरु जीतपुर आएका थिए ।

प्रवचन कार्यक्रम अघि गुरु शंङ्कराचार्यलाई जीतपुरमा भब्य स्वागत गरिएको थियो । गुरु शंङ्कराचार्यलाई जीतपुरमा पञ्चेबाजासहित स्वागत गरिएको थियो । कार्यक्रममा मुल आयोजक समारोह समितिका संयोजक किशोरी महत्तोले गुरु शंङ्कराचार्यलाई मायाको चिनोद्धारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रम अघि आज बिहान कलश यात्रा निकालिएको थियो । गौशाला मैदानबाट निकालिएको कलश यात्राले गौशाला बजार परिक्रमा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*