बारामा डिएफओकै संरक्षणमा काठ हिनामिना भएको खुलासा, कर्मचारीको सेटनै फेर्ने तयारी

ए वान डेस्क
७ जेष्ठ २०७५, सोमबार ०९:२६

बाराको सहजनाथ साझेदारीलगायत वनको काठ हिनामिनाबारे छानबिन गर्न गठित कार्यदलले जिल्ला वन अधिकृत (डीएफओ) सहित सबै कर्मचारी संलग्न रहेको ठहर गर्दै उनीहरूमाथि तत्काल कारबाही अघि बढाउन सुझाव दिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल नेतृत्वको कार्यदलले काठ हिनामिनामा वन अधिकृत (डीएफओ) भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृतद्वय अमरदेवप्रसाद यादव, विन्देश्वरप्रसाद पटेल र रेन्जरहरूको प्रत्यक्ष संलग्नता देखिएको मन्त्रालयसमक्ष प्रतिवेदन दिएको हो ।

कार्यदलले उनीहरू सबैलाई तत्काल त्यहाँबाट हटाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ । ‘विकल्प खोज्नेतिर ध्यान नदिने हो भने झनै समस्या बढ्ने देखिन्छ,’ समितिका संयोजक सहसचिव डंगोलले भने, ‘हामीले विस्तृत अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालेका हौं, अब निर्णय गर्ने जिम्मा मन्त्रालयको हो ।’ काठ र राजस्व हिनामिनामा तल्लोदेखि माथिल्लो तहसम्मका कर्मचारीको संलग्नता देखिएकाले बारा वनमा कर्मचारीको ‘सेटै फेर्नुपर्ने’ समितिको सुझाव छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*