सन्दीप आईपीएलको पाँचौ ‘उत्कृष्ट बलर’

ए वान डेस्क
७ जेष्ठ २०७५, सोमबार २०:०३

नेपालका क्रिकेटर सन्दीप लामिछाने आईपीएल क्रिकेटको बलिङ इकोनोमीमा पाँचौ नम्बरमा पुगेका छन् ।

तीन खेलबाट ६ दशमलव ८३ को इकोनोमीसहित सन्दीप पाँचौ नम्बरमा परेका हुन् । सन्दीपले ३ खेलका १२ ओभरबाट ८२ रन दिएका थिए । आफ्नो पहिलो खेलपछि तेश्रो स्थानमा र दोश्रो खेलपछि पहिलो नम्बरमै पुगेका सन्दीप तेश्रो खेलमा ३६ रन दिएपछि केही तल झरेका हुन् ।

इकोनोमीका आधारमा चेन्नईका लुङ्गी एन्गिडी पहिलो नम्बरमा छन् । उनको इकोनोमी ६ दशमलब ३१ छ । दोश्रो नम्बरमा राजस्थानका इश सोधी, तेश्रोमा राजस्थानकै डी आर्की शर्ट र चौथोमा हैदराबादका सन्दीप शर्मा छन् ।

बलिङ औसतमा पनि पाँचौ
बलिङ औसतका आधारमा पनि सन्दीप पाँचौ स्थानमै छन् । ३ खेलबाट ५ विकेट लिएका उनको औसत १६ दशमलब ४० छ ।

अहिलेसम्म पहिलो नम्बरमा हैदराबादका कार्लोस ब्रेथ्वेट छन् । एक खेलमात्र खेलेका उनले २१ रन दिएर २ विकेट लिएका थिए । उनको औसत १० दशमलब ५० छ । त्यस्तै, कोलकाताका नितिष राना दोश्रो, चेन्नईका एन्गिडी तेश्रो र हैदराबादका युसुफ पठान चौथो नम्बरमा छन् । तर आईपीएलका प्लेअफका खेल बाँकी नै रहेकाले यो सूची तलमाथि हुनसक्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*