बारामा सरकारको पुरानै निति तथा कार्यक्रम, कुन योजनाको काम कहा पुग्यो ?

ए वान डेस्क
७ जेष्ठ २०७५, सोमबार २०:३८

प्रदिप गौतम /

सरकारले आउदो आर्थिक वर्ष २०७५/०७६ का लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधि तथा राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा कार्यन्वयन गर्ने योजनासहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

सरकारले यसबर्ष पनि आफ्नो निति तथा कार्यक्रममा बाराका पुरानै योजनालाई प्राथमिक्ता दिएको छ । जस अनुरुप सरकारले दोश्रो अन्तराष्ट्रिय बिमानस्थल र फास्ट ट्रयाकलाई बढि जोड दिएको छ ।

फास्ट ट्रयाक

राष्ट्रिय राजमार्गलाई एक्सप्रेस हाईवेमा विकास गर्ने रणनिति अनुरुप सरकारले ५ वर्षभित्र काठमाडौं निजगढ फास्ट ट्रयाक बनाउने बताएको छ । फास्ट ट्रयाक आयोजना शिलान्यास गरेको १४ जेठमा १ वर्ष हुदै छ ।

राष्ट्रिय गौरवको यो आयोजना ४ वर्षमा सक्ने लक्ष्य हो । तर, २५ प्रतिशत समय सकिँदा पनि ७६ दशमलव २ किलोमिटर लम्बाइको फास्ट ट्र्याकको डिपिआरसमेत तयार भएको छैन । जब कि पूर्वाधार आयोजना निर्माणको प्रमुख आधार विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) हो । निर्माण जिम्मा पाएको सेनाले अहिले गरिरहेको काम आयोजनाको पूर्वतयारी मात्र हो । फास्ट ट्रयाक आयोजनाका लागि पछिल्ला ११ वर्षदेखि निरन्तर बजेट विनियोजन गरिएको छ ।

यो अवधिमा १३ अर्ब ६१ करोड रुपैयाँ छुट्याइएको छ । त्यसमध्ये अहिलेसम्म ३ अर्ब ९७ करोड खर्च भएको छ । सेनालाई जिम्मा दिएपछि पहिलोपटक चालू आव ०७३/७४ को बजेटमा फास्ट ट्र्याक निर्माण गर्न १० अर्ब १३ करोड छुट्याइएको छ ।

सेनाले दोस्रो चौमासिकसम्ममा विनियोजित बजेटमध्ये २ अर्ब ७५ करोड खर्च गरेको छ । एकै आर्थिक वर्षमा आयोजनाका लागि छुट्याएको र खर्च भएको यो सबैभन्दा धेरै रकम हो ।

यसअघि आव ०६९/७० मा ८१ करोड विनियोजन भएको थियो भने ०७१/७२ मा ९९ लाख मात्रै छुट्याइएको थियो । १० वर्षमा आयोजना सक्ने योजनाअनुसार आव ०६४/६५ देखि बजेट विनियोजन सुरु भएको हो ।

आर्थिक वर्ष ०७३/७४ अघिको अवधिमा कुल ३ अर्ब ४८ करोड २ लाख विनियोजन भएको थियो । उक्त अवधिमा छुट्याइएको रकममध्ये १ अर्ब २२ करोड ९ लाख खर्च भएको थियो ।

यसमध्ये ९४ करोड नेपाली सेनाले ट्र्याक खोल्न प्रयोग गरेको हो ।

दोश्रो अन्तराष्ट्रिय बिमानस्थल

आन्तरीक खिचातानीका कारण अघि बढ्न नसकेको दोश्रो अन्तराष्ट्रिय बिमानस्थलको काम छिट्टै सुरु गरिनेपनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको टाङ्ग्यिावस्तीमा बनाउने भनिएको दोश्रो अन्तराष्ट्रिय बिमानस्थलको काम सरकारी ढिलासुस्तीका कारण अघि बढ्न सकेको छैन् ।

तर सरकारले पनि यसबर्षको निति तथा कार्यक्रमसंगै दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिट्टै सुरु गर्ने बताएको छ । विमानस्थल २५ देशको हवाई ट्रान्जिट हुने बताईएको छ । पाच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सक्ने सरकारको लक्ष्य छ ।

पँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने गरी सरकारले तिब्र रुपमा काम अघि बढाउने बुझिएको छ । मुआब्जाको उचित व्यवस्थापन नहुदा बिमानस्थलको आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन् ।

दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा राज्य कै चासो बढेकोले अब काम चाडो थालिने सरकारले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*