सिमरा प्रहरीद्धारा ठुलो परिमाणमा अबैद्य लागु औषध नष्ट

ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमराले ठुलो परिमाणामा नियन्त्रणमा लिएको अबैद्य लागु औषध आज नष्ट गरेको छ । उप–महानगरपालिकाका जनप्रतिनिधि, ईलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि र पत्रकारको संयुक्त रोहबरमा प्रहरीले आज ठुलो मरिमाणमा अबैद्य लागु औषध नष्ट गरेको हो ।
प्रहरी निरीक्षक भुवन भट्ट नेतृत्वको टोलिले बिभिन्न मितिमा अबैद्य लागु औषध चरेश ७६ किलो ५०० ग्राम, गाजा ७ किलोग्राम, डाईजिलेब ४५८ पिस, फेनार्गन ३९२ पिस, लोगोजेसिक ४० पिस र ३८० पिस नुर्फिन पक्राउ गरेको थियो । अबैद्य लागु औषधसहित केहि व्यक्तिलाईसमेत पक्राउ गरिएको र उनीहरुको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो ।
यसैबिच, ईलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको १२३५ लिटर अबैद्य घरेलु मदिरासमेत आज नष्ट गरिएको छ । मदिरा नष्ट गर्दे प्रहरी निरीक्षक भट्टले जीतपुरसिमरालाई मदिरा मुक्त समाज निर्माण गर्नुपर्ने बताउनुभयो । त्यसको लागी प्रहरी एक्लैको प्रयासले सम्भव नभएकोसमेत उहाले बताउनुभयो ।
अबैद्य लागु औषध तथा मदिरा नष्ट कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, जीतपुरसिमरा उप–महानगरपालिकाका गोपालबहादुर खपाङ्गी, ईलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।