गरिबी निवारण कोषको प्रदेशस्तरीय कार्यक्रम हेटौंडामा सम्पन्न

ए वान डेस्क
८ जेष्ठ २०७५, मंगलवार २१:२७

गरिबी निवारण कोषले प्रदेश नम्बर–३, को राजधानी हेटौंडामा प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषका उपाध्यक्ष वाई.बि. थापा प्रमुख अतिथि तथा प्रदेशका प्रमुख सचिव रेष्मिराज पान्डे अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

स्थानीय सरकार प्रमुख एवं उपप्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा कोषका कार्यकारी निर्देशक नहकुल केसीले कोषको भाबि रणनीतिका बारेमा प्रकाश पार्नुभयो ।

‘सहकारितामा अधारित कार्यक्रम बनाई कोषका कार्यक्रम अगाडि बनाउनु पर्छ । एउटा बोका, एउटा भैँसी बाँडेर मानिस धनी हुँदैन, समूहमा धेरै बोका भैंसी पाल्नुपर्छ ।’ प्रमुख अतिथि थापाले भन्नुभयो ।

त्यस्तै कोषका सदस्य नारायण कोइरालाले मानिसको हातमा सीपको विकास गरी उद्यमशील बनाई उद्यम विकासमार्फत गरिबी निवारण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

अन्तरक्रियामा सहभागी स्थानीय सरकारका प्रमुख एवं उपप्रमुखहरुले कोषको कार्यक्रम प्रभावकारी भएकाले आफूहरुले पनि यस कार्यक्रमलाई स्थानीय स्तरबाटै पनि सञ्चालन गर्ने जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*