अन्ततः बाराका डिएफओ मन्त्रालय तानिए, अब को आउछ ?

ए वान डेस्क
८ जेष्ठ २०७५, मंगलवार २२:१९

ए वान डेस्क /

बन तथा वातावरण मन्त्रालयले बाराका प्रमुख बन अधिकृत डिएफओ भैरव प्रसाद घिमिरेलाई मन्त्रालय तानेको छ । सहजनाथ साझेदारीसहित अन्य वनको काठ हिनामिना गरेको आरोपमा घिमिरेलाई मन्त्रालयले तानेको हो ।

घिमिरेको ठाउमा मन्त्रालयले ज्ञानेन्द्र मिश्रलाई बारा पठाउने तयारी गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल नेतृत्वको कार्यदलले तयार परेको प्रतिवेदन अनुसार सहायक वन अधिकृतद्वय अमरदेवप्रसाद यादव, विन्देश्वरप्रसाद पटेललाई पनि कारर्वाही गर्ने तयारी भईरहेको छ ।

डंगोल नेतृत्वको कार्यदलले काठ हिनामिनामा वन अधिकृत (डीएफओ) भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृतद्वय अमरदेवप्रसाद यादव, विन्देश्वरप्रसाद पटेल र रेन्जरहरुको प्रत्यक्ष संलग्नता देखिएको भन्दै उनीहरुलाई तत्काल त्यहाबाट हटाउन मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*