सरकारको आश्वासन लिएर फर्कियो जनप्रतिनिधिसहित टाङ्गियावस्तीको टोलि

प्रदिप गौतम /
जीतपुरसिमरा उप–महानगरपालिकाका जनप्रतिनिधिसहित टाङ्गियावस्तीको टोलि केहिदिन अघि काठमाण्डौ पुग्यो । मेयर डा. कृष्ण पौडेल नेतृत्वको टोलिले सिंहदरवारस्थित बिभिन्न मन्त्रालयका मन्त्रीहरुसंग भेटघाटपनि गर्यो ।
दोश्रो अन्तराष्ट्रिय बिमानस्थलले टाङ्गियावस्ती धरापमा परेकोभन्दै उचित व्यवस्थापनको माग गर्दे टोलिले ज्ञापन पत्र बुझायो ।
टोलिले क–कसलाई भेट्यो ?
टोलिले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सस्कृती, नागरीक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी, काङ्ग्रेस सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीलाई टाङ्गियावस्तीको समस्याका बिषयमा ध्यानकष्र्ण गराएको छ । भेटमा टाङ्गियावस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले टाङ्गियावस्तीका १४ सय ७६ घरधुरीमा बसोबास गर्ने जनताको बसोबासको ग्यारेण्टि गर्न सरकारलाई आग्रह गर्नुभयो ।
‘मन्त्री ज्युहरुसंग हामीले विमानस्थल प्रभावित टांगियाबस्तीका जनताहरुलाई जमिन उपलब्ध गराई न्यायोचित स्थानान्तरणका बिषयमा बिशेष ध्यानाकष्र्ण गरायौ’ संयोजक सापकोटाले ए वान समाचारसंग भन्नुभयो ।
कसले के भने ?
जवाफमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले बस्तिको टुंगो लगाउन केही समय लाग्नेभन्दै नआत्तिन आग्रह गर्नुभयो । वनमन्त्री शक्तिबहादुर बस्नेतले बनको नियम कानुनभन्दा पनि जन्ता सर्वोपरी भएकोभन्दै बस्तिका जनताले दुख नपाउने बताउनुभयो ।
‘पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तपाइँहरुलाइ खुशी पार्छु भन्नूभयो’ संयोजक सापकोटाले भन्नुभयो ।
आश्वास पाईयो
पुर्व प्रधानमन्त्रीसहित अहिलेका मन्त्रीहरुबाट आफुहरुले आश्वासन मात्र पाएको संयोजक सापकोटाले बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘हामी बिश्वस्त हुन सक्ने अवस्था अझै छैन्, उहाहरुबाट आश्वासन मात्र पायौ’ ।
तर १४ सय ७६ घरधुरीको उचित व्यवस्थापन नभएसम्म सम्बन्धी निकायलाई ध्यानकष्र्ण गराउने काम भने जारी रहने उहाले बताउनुभयो ।
सरकारको ध्यानाकष्र्ण गराउन जितपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, वडा नम्बर १६ का वडा अध्यक्ष केदारनाथ बजगाइ, कार्यपालिका सदस्य सुन्दर बहादुर सुनार, वडा सदस्य तुलसा मैनाली, सरोकार समितिका अध्यक्ष रमेश कुमार सापकोटा, सचिव शंकर थोकर, नवराज सन्जेल, मुक्ती लामा, डोर बा. बुढाथोकी, तिल कुमारी आले मगर र प्रेम बा. गोले काठमाण्डौ गएका थिए ।