बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु

ए वान डेस्क
११ जेष्ठ २०७५, शुक्रबार ०७:३८

सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।

बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो ।

ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १-१ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*