६ महिनापछि बजनी हत्या काण्डको खुल्यो रहस्य : यसरी भयो सुवेदी दम्पतीको हत्या

ए वान डेस्क
११ जेष्ठ २०७५, शुक्रबार २१:१८

जिल्ला प्रहरी कार्यालय बाराले बजनी हत्या काण्डका मुख्य योजनाकारसहित ३ जनालाई आज शार्वजनीक गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय बाराले ३ जनालाई शार्वजनीक गरेको हो । बजनीमा ६ महिनाअघि मंसिर १५ गते राती कृषक दम्पती दिपक सुवेदी र दिपिका सुवेदीको हत्या भएको थियो ।

हत्या भएको ६ महिनापछि बारा प्रहरीलाई आज ठुलो सफल्ता मिलेको हो । प्रहरी उपरीक्षक मिरा चौधरी नेतृत्वको टोलिले ४ जनालाई पक्राउ गरेको हो ।

को–को पक्राउ परे ?

पक्राउ पर्नेमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ निवासी रमेश थापा, वडा नम्बर २ कै गोपालबहादुर लामा, वडा नम्बर ३ का गुप्तबहादुर लामा र नवपरासीका अर्जुन नेपाली रहेका छन् । जसमध्य रमेश थापा घटनाका मुख्य योजनाकार रहेको बाराकी प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिनुभयो ।

‘थापा मुख्य योजनाकार हुन्, अन्य सबै थापाका सहयोगी हुन्’ चौधरीले पत्रकार सम्मेलनमा भन्नुभयो । प्रहरीले नवलपरासीका नेपालीलाई भने शार्वजनीक गरेन् । ‘नेपाली पक्राउ परिसकेका छन्, हामीले मुद्धा चलाएर आवश्यक कारर्वाही प्रक्रिया अघि बढाउने तयारी गर्देछौ’ चौधरीले भन्नुभयो ।

घटनामा संलग्न ३ जनालाई बारा प्रहरीले हिजो राति सिमराबाट पक्राउ गरेको हो । सुरुमा रमेश थापालाई पक्राउ गरेको प्रहरीले क्रमशः गोपालबहादुर र गुप्तबहादुरलाई पक्राउ गर्यो । नेपालीलाई भने बिशेष सुचनाको आधारमा आज बिहान चितवनबाट पक्राउ गरिएको चौधरीले बताउनुभयो ।

यसरी भयो हत्या

मंसिर १५ गते चारै जनाले अत्याधिक मदिरा सेवा गरेका थिए । त्यसमध्य एक जनाले लागु औषध प्रयोग गरेका थिए । सामुहिक रुपमा मदिरा र लागु औषध प्रयोग गरेका उनीहरुले लुटपाटको योजना बनाए । त्यसपछि उनीहरुको नजर बजनीको सुनसान ठाउमा रहेको कृषक दम्पती दिपक र दिपिकाको गाई फर्ममा गयो ।

सुरुमा सुवेदी दम्पतीलाई डराउने धम्काउने योजना उनीहरुको थियो । गाई फर्मभित्र प्रवेश गर्ने बित्तिकै सबैभन्दा पहिले दिपकसंग उनीहरुको भनाभन भयो । त्यसपछि हात हालाहाल भयो । त्यसको केहिसमयपछि उनीहरुले रड र हथौडा प्रयोग गरेर दुवै जनाको हत्या गरे ।

हत्याराको प्रारम्भिक बयानबाट बारा प्रहरीले यस्तो जानकारी दिएको हो ।

चौधरीलाई सफल्ता

प्रहरी उपरीक्षकको जिम्मेवारी समहाल्न बारा आउनुभएकी मिरा चौधरीलाई ठुलो सफल्ता मिलेको छ । बारा आएको दुई साता पुग्न नपाउदै चौधरीले बजनी हत्या काण्डको भित्रि रहस्य शार्वजनीक गर्न सफल हुनुभयो । भित्रि कुरा खुल्न नसकेपनि छाटो समयमा चौधरीले घटनाको अनुसन्धान गरेर शार्वजनीक गर्नु खुशिको बिषय भएको एक जना स्थानीयले बताए ।

तर प्रहरी उपरीक्षक चौधरीले भने सबैको साथ र सहयोगले सफल्ता प्राप्त गर्न सफल भएको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाले भन्नुयो ‘यो हाम्रो टिमको काम हो, यसमा यो त्यो भन्ने हुदैन्’ ।

यसरी लम्बियो समय …..

थप अनुसन्धान गर्नुपर्ने भएकाले समय लम्बिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धान कि ० हुन्छ कि १०० प्रतिशत हुन्छ, त्यति चाहि ढुक्क भए हुन्छ’ प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो । ‘आज हामीले हत्यारा शार्वजनीक गर्यो, त्यो हाम्रो १०० प्रतिशत हो, पक्राउ नपरेको भए हामी ० हुन्थ्यौ’ उहाले भन्नुभयो ।

अब ‘मुख्य कुरा के भने अनुसन्धान व्यक्तिमा भर पर्ने हैन्, यसअघि रिजल्टमा ० देखियो’ उहाले भन्नुभयो । ‘अनुसन्धान गर्दे जादा समय स्वभाविक रुपमा लाग्छ, यसलाई ठुलो रुपमा नलिनुहोला’ चौधरीले भन्नुभयो ।

परिवारको असन्तुष्टि

सुवेदी परिवारले बारा प्रहरीको अनुसन्धान झारो टार्ने काम मात्र भएको बताएका छन् । घटनामा संलग्न भनिएका ४ जनालाई बारा प्रहरीले पक्राउ देखाउन मात्र शार्वजनीक गरेको परिवारको आरोप छ । ‘प्रहरीले झारो टार्ने काम गरेको देखियो, यसप्रति हामी सन्तुष्ट छैनौ’ मृतक दिपक सुवेदीका दाजु निराजन सुवेदीले साझेदारी दैनिकसंग भन्नुभयो ।

‘घटनामा संलग्न अरुनै छन्, प्रहरीले छिटो भन्दा छिटो घटनाको सत्य तथ्य शार्वजनीक गर्नुपर्छ, यो त देखावटीमात्र भयो’ उहाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*