कोल्हवीमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

नविन चौधरी /
बाराको कोल्हवीमा ट्रयाक्टरको ठक्करबाट एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । कोल्हवी नगरपालिका वडा नम्बर ९ स्थित पडरीमा ना५त ३१२५ नम्बरको ट्रयाक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा डेढ बर्षिय पप्पु साह रहेका छन् । ब्याक गर्ने क्रममा साहलाई पछाडीबाट ट्रयाक्टरले ठक्कर दिएका थियो । मृतक साह स्थानीय बिरेन्द्र साहको एक मात्र छोरा थिए ।
इलाका प्रहरी कार्यालय कोल्हवीका निमित्त प्रमुख रामप्रसाद साहले ट्रयाक्टर नियन्त्रणमा लिइएको बताउनुभयो । तर चालक भने घटना लगत्तै फरार रहेका छन् ।