६ लेनले अस्तब्यस्त बन्यो जीतपुरसिमरा ! घाम लागे धुलेश्वर, पानि परे हिलेश्वर

ए वान डेस्क
१२ जेष्ठ २०७५, शनिबार ०८:२८

प्रदिप गौतम /

पथलैया–विरगञ्ज सडक खण्डलाई ६ लेनको बनाउने काम तिब्र रुपमा अघि बढिरहेको छ । तर आयोजनाको काम तिब्र रुपमा अघि बढिरहदा मुख्य राजमार्ग क्षेत्र अस्तब्यस्त बनेको छ । खासगरी ६ लेनका कारण जीतपुरसिमरा उप–महानगरपालिकाको पथलैया र सिमरामा समस्या नै समस्या देखिएको छ ।

६ लेन बनाउने क्रममा धाम लागेको बेला धुलाम्य हुने मुख्य राजमार्ग क्षेत्र पानि पर्ने बित्तिकै हिलाम्य हुने गरेको छ । मुख्य राजमार्ग क्षेत्रमा उड्ने धुलोले स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ भने पानि परेपछि आवात–जावतमा ठुलो समस्या देखिने गरेको छ ।

मुख्य राजमार्ग क्षेत्र पाईप लाईन, बिद्युत्त, खानेपानी र अव्यवस्थित पार्किङका कारण अस्तब्यस्त बनेको छ ।

पाईप लाईन

रक्सौल–अमलेगखञ्ज पाईप लाईन आयोजनाका कारण मुख्य राजमार्ग क्षेत्र अस्तब्यस्त बनेको छ । आयोजनाको काम अन्र्तगत अहिले पाईप जडानको काम लगभग सकिएको छ । योसंगै अहिले पाईप जमिनमुनि बिछ्याउने काम भईरहेको छ ।

पाईप बिछ्याउने काम भईरहदा मुख्य राजमार्ग क्षेत्रमा स्थानीय शर्वसाधारणलाई आवात–जावत गर्न कठिनाई भईरहेको छ । अझ बिशेषगरी पानि पर्ने बित्तिकै आयोजनाकै कारण शर्वसाधारणले झन धेरै समस्या झेल्नुपरेको छ ।

बिद्युत्त

नेपाल बिद्युत्त प्राधिकरणले समयमा बिद्युत्त पोलको उचित व्यवस्थापन नगरिदिदा ६ लेन आयोजनाकोे काममा समस्या थपियो । जसकार कारण जीतपुरसिमराका शर्वसाधरण बिद्युतको समस्या झेल्न बाध्य भए ।

साथै बिद्युत्तको पोलमार्फत सञ्चालनमा रहेका टेलिफोन सेवा, ईनटरनेट सेवा र केवल सेवाको काममा पनि समस्या शिर्जना भएको सेवाग्राहीहरुले बताएका छन् ।

खानेपानी

६ लेन आयोजनको काम भईरहदा खानेपानीको पाईप काटिदासमेत समस्या भईरहेको छ । केहिदिन यता पथलैया र सिमराका शर्वसाधारण २ दिनसम्म स्वच्छ खानेपानी खानबाट बञ्चित हुनुपर्यो ।

अहिलेपनि बिभिन्न समयमा खानेपानीको समस्या देखिदै आएको छ ।

अब्यवस्थित पार्किङ

मुख्य राजमार्ग क्षेत्रमा गुड्ने यातायातका साधनका कारणपनि जीतपुरसिमरा अस्तब्यस्त बन्न पुगेको शर्वसाधारणहरु बताउछन् । अझै खासगरी पथलैया–विरगञ्ज सडक खण्डमा चल्ने बिभिन्न सवारी साधन मुख्य चोक तथा राजमार्गको जुनसुकै स्थानमापनि रोकिदा ठुलो समस्या निम्तिने गरेको छ ।

‘सवारी चालकले मनलाग्दि गाडि रोक्दा सडक दुर्घटनाको सम्भावनापनि बढेको छ, यसतर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ’ सिमराका उमेश चौलगाईले भने ।

६ लेनकै कारण महिनौदिन देखि सिमरामा जडान गरिएको सिसि क्यामेरा बन्द छ । अझ बिशेषगरी स्कुले बालबालिकालाई आवात–जावत गर्न समस्या भईरहेको छ ।

यसतर्फ सम्बन्धीत निकायले बेलैमा ध्यान दिनुपर्ने शर्वसाधारणहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*