गायक देवेन्द्र कार्की : झिमझिम झिम्क्याई परेलीले बढाएको क्रेज

बारा जिल्लालाई आफ्नो कर्मथलो बनाएर गायनमा जमेका देवेन्द्र कार्कीको केही दिनअघि मात्र सबैलाई नचाउने गीत सार्वजनिक भएको छ ।
गीत बजारमा ल्याएको छोटो अवधिमा दर्शक स्रोतको अपार माया पाएकामा उनी दंग छन् । २०४२ साल कात्तिक ११ गते झापाको गौरादहमा जन्मिएका कार्कीको बुबाको नाम तिलबहादुर कार्की हो । स्नातक अध्ययन गरेका उनको आमाको नाम दूर्गा कार्की हो । आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीतमा रहेको गाडी छुट्यो सानु हेटौँडा बोलको गीतबाट गायनमा प्रवेश गरेका हुन् ।
यसबीचमा कार्कीले दीपेन्द्र नेपालको शब्द र अशोक थापाको संगीतमा रहेको तिमीले रोप्या फूल भए, हेमन्त ढुङ्गेलको शब्द र अशोक थापाको संगीतमा अनमोल जीन्दगानी, विकास पाण्डेको शब्द र संगीतको झिम्झिम्क्याई परेलीसमेतका बोलका गीतहरु गायका छन् ।
विकास पाण्डेको शब्द संगीतमा रहेको झिमझिम झिम्क्याई परेली बोलको गीतको म्युजिक भिडियो पनि बजारमा आएको छ ।
२०५७ सालमा विद्यालय अध्ययन गर्दा देखिनै गायनमा लागेका कार्कीले आनन्द सुब्बा, रतन राई, लाल श्रेष्ठ, भोला जोशी र ज्ञानवीर क्षेत्रीसँग संगीतका ज्ञान बटुलेका थिए ।
उनी गोल्डेन आइडल सिजन ३ का उपविजेता पनि हुन् । गीतसंगीत भनेपछि हुरुक्क हुने उनी अहिले पनि यसकै अन्य काममा लागिरहेका छन् ।
विकास पाण्डेको शब्द संगीतमा रहेको यो म्युजिक भिडियो भीमफेदी गाईज्ले बजारमा ल्याएको हो । युवा पुस्तामा निकै लोकप्रिय बन्न सफल गीतको म्युजिक भिडियोले नि बजार तताएको छ ।
तु खबर डटकमबाट