शान्ति सुरक्षामा युवाको चासो : भिमफेदी प्रहरीलाई २ थान सिसिटिभी सहयोग

ईलाका प्रहरी कार्यालय भिमफेदीलाई एक युवकले २ थान सिसिटिभी क्यामेरासहित मोनिटर लगायतका अन्य आवश्यक सामाग्री सहयोग गरेका छन् । आज एक कार्यक्रममा प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख सइ मेघराज घिमिरेलाई हेटौँडा–७ निवासी बुद्ध अर्यालले सिसिटिभी क्यामेरा सहितको सामाग्री हस्तान्तरण गरेका हुन् ।
कार्यालयलाई थप व्यवस्थित र सुरक्षित बनाई शान्ति सुरक्षाको मोनेटरिङ गर्न सहयोग होस् भन्ने उदेश्यले सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको अर्यालले बताए । कार्यक्रमका प्रमुख अतिथि एवं भिमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले कार्यक्रममा बोल्दै नागरिकस्तरबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउँदै सरहानीय कार्यका लागि अर्याललाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा, गाउँपालिकाका कर्मचारीहरु, पत्रकार तथा प्रहरीहरुको सहभागिता रहेको थियो । तु खबर डटकमबाट