सामुदायिक बन उपभोक्ता स्थानीय महासंघको अधिवेशन सम्पन्न

ए वान डेस्क /
सामुदायिक बन उपभोक्ता स्थानीय महासंघको प्रथम नगर अधिवेशन बाराको पथलैयामा आज सम्पन्न भएको छ । नगर अधिवेशनको सामुदायिक बन उपभोक्ता महासंघ नेपालका स्थायी समिती सदस्य भरत बहादुर घलेले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे घलेले बन संरक्षणको पाटोमा गंभिर भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । सामुदायिक बन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थानीमाई सामुदायिक बन उपभोक्ता समिति सिमराका अध्यक्ष माधव त्रिपाठी, प्रगतीशिल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रमेश खरेल लगायको उपस्थिति रहेको थियो ।
अधिबेशनले कुमारनाथ त्रिपाठीको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सरस्वती सिल्वाल, सचिवमा शारदा रिजाल र कोषाध्यक्षमा भुपेन्द्र दाहाल चयन हुनुभएको छ ।
साथै अधिवेशनले श्याम सुवेदीको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिती गठन गरेको छ ।