साढे ३३ किलो सुन काण्डः के छ गोरेको बयानमा ?

गोरेले अदालता दिएको २७ पृष्ठ लामो बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् ।
उनले दुबईबाट कसले सुन पाउँथे भन्ने पनि आफुलाई थाहा नभएको दावी गरेका छन ।
दुबईमा भारतीय ब्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चोरेका अरोप लगाउन थालकेो बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् ।
सन शाक्यलाई कुटपिट गरी करेन्ट लगाए पनि आफु हत्यामा संलग्न नभएको गोरेको दावी छ ।
गोरेले सनमलाई गाडीमा आराम गर्न राखेका बेला टेकबहादुर मल्लले करेन्ट लगाएरर मारेको आरोप लगाएका छन् ।, आजको नागरिकमा यो खबर छ ।