३० खर्बको अर्थतन्त्र, १६ खर्बको बजेट
मुलुकको अर्थतन्त्रको आकार तीन खर्ब ६४ अर्ब रुपैयाँ बढेर यो वर्ष ३० खर्ब सात अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ।
चालू आर्थिक वर्षको आठ महिनाको अउपलब्ध तथ्यांक र बाँकी चार महिनाको अनुमानका अधारमा अर्थतन्त्रको आकार ३० अर्ब नाघ्ने देखिएको हो ।
प्रतिनिधिभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकमा आईतबार अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार वर्तमान बजार मुल्यअनुसार साढे ३ खर्ब रुपैयाँभन्दा बढीले
अर्थतन्त्रकोआकार बढ्नेछ । गत बर्ष २६ खर्ब ४२ अर्ब ५९ करोड ५० लाख थियो ।, आजको कान्तिपुरदैनिकमाा यो खबर छ ।
त्यस्तै, सरकारले संघ, प्रदेश र स्थानीय तहसमेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दै छ । हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब र तल्ला दुई सरकारलाई ४ खर्बको बजेट सीमा तोकेको एक उच्च सरकारी अधिकारीले बताए । यसअनुसार संघीय सरकारको बजेट कुल खर्चको ७५ प्रतिशत र तल्ला तहका सरकारको बजेट २५ प्रतिशत हुने आजको नयाँ पत्रिकामा खबर छ ।















