अमलेखगञ्जको हात्तिसार क्षेत्रलाई सुन्दरीकरण गर्न बिभागको ध्यानकष्र्ण

प्रदिप गौतम /
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उप–महानिर्देशक गोपाल प्रकाश भट्राईले पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर प्र्रदेश नम्बर २ मा पर्यटन प्रवद्धनको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बिभागको ध्यानाकष्र्ण गराउन बाराबाट काठमाण्डौ पुगेको टोलिसंग उप–महानिर्देशक भट्राईले यस्तो बताउनुभएको हो ।
भेटमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण बहादुर ठकुरीले मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र स्थानीय तहबिच सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । अमलेगखञ्जलाई पर्यटन प्रवद्धन गर्ने बिषयमा बिभागले बिशेष चासो दिनुपर्ने उहाले बताउनुभयो ।
भेटमा पर्यटन अभियान्ता मोहन शर्मा लामिछानले स्थानीयको जिवनस्तर उकास्न स्थानीय पर्यटन व्यवसायीहरुसंगको सहकार्यमा बिभिन्न आयमुलक तालिम सञ्चालन गर्न सुझाव दिनुभयो । पर्सा राष्ट्रिय निकुञ्जले हात्तिसार क्षेत्रलाई सुन्दरीकरण गरी पार्कको रुपमा विकास गर्नुपर्ने उहाले बताउनुभयो ।
भेटमा पर्यटन अभियान्ता राजन पौडेलले मध्यवर्ती क्षेत्र अन्र्तगत रहेको बन क्षेत्रलाई विकासको मुल आधार बनाएर व्यवस्थापन गर्नेतर्फ बिभागले बिशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सो बन क्षेत्र स्थानीयलाई हस्तान्तरण गरेर संरक्षण तथा उपभोग गर्नको निम्ति सहज वातावरण शिर्जना गर्नुपर्ने उहाले बताउनुभयो ।
जवाफमा भट्राईले आफु यस बिषयमा सकरात्मक रहेकाभन्दै थप पहद कदमी चाल्ने बताउनुभयो । उप–महानिर्देशक भट्राईलाई होटल व्यवसायी संघ बाराका अध्यक्षसमेत रहेका पर्यटन अभियान्ता मोहन शर्मा लामिछाने र वडा नम्बर २१ का वडा अध्यक्ष कृष्णबहादुर ठकुरीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।
भेटमा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, नेकपाका नेता भरतबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।