हातेमालो सहकारीको स्थापना दिवस सप्ताह कार्यक्रम सुरु

ए वान डेस्क
१५ जेष्ठ २०७५, मंगलवार ०९:३७

प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा आफूलाई स्थापित गरेको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारीले संस्थाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै साताब्यापाी कार्यक्रमको औपचारीक सुरुवात गरेको हो ।

 

कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर एवम् संस्थाका पूर्वअध्यक्ष डा. कृष्ण पौडेलले उद्घाटन गरेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै मेयर डा. पौडेलले आर्थिक र सामाजिक रुपान्तरणको मुख्य मेरुदण्डको रुपमा सहकारी क्षेत्रले काम गरिरहेको बताएका छन् । सहकारी बिषयमै विद्यावारिधि गरेका मेयर डा. पौडेलले सहकारीकर्मीले समाज र सदस्य केन्द्रीत भएर काम गर्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिव वाग्लेलगायत पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो । साताब्यापी कार्यक्रमको अवसरमा संस्थाले सहकारीको आधारभूत तालिम, शैक्षिक सामाग्री वितरण, बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न र कपडा वितरण गरिने ब्यवस्थापक महेश ढुंगेलले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*