सिमरा रंगशाला कम्पाउण्ड वाल शिलान्यास

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले सिमरा रंगशालाको कम्पाउण्ड वालको शिलान्यास गरेका छन् ।
राष्ट्रिय स्तरको सिमरा गोल्डकप प्रतियोगिता आयोजना हुदै आएको उपमहानगरपालिका १ स्थित रंगशालालाई संरक्षण गर्ने उदेश्यका साथ कम्पाउण्ड वाल निर्माण गर्न लागिएको हो ।
उपमहानगरपालिकाको २५ लाख, श्रमदान र उपभोक्ताबाट पाच लाख गरी कुल ३० लाखको लागतमा कम्पाउण्ड वाल निर्माण हुनेछ । पहिलो चरणमा करिब दुई सय ५० मिटर पर्खालले रंगशालालाई घेरिने बताइएको छ ।
खेलकुदको संरक्षण र प्रवद्र्धनलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको भन्दै पूर्वाधार निर्माण र खेलकुद गतिविधिलाई अघि बढाइएको मेयर डा. पौडेलले बताए । शिलान्यास कार्यक्रममा उपमेयर सरस्वती चौधरी, वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरु¬लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी उपमहानगरपालिका १६ स्थित आदर्शनगर- महेन्द्रनगर- हात्तिसार सडक ढलानको शिलान्यास भएको छ । मेयर डा. पौडेलले सोमबार बिहान बाटोको शिलान्यास गरेका हुन् ।
उपमहानगरपालिकाको ४० लाखको लागतमा सडक निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष केदार बजगाई, कार्यपालिका सदस्य सुन्दर सुनार, वडा सदस्य र स्थानिय पुष्प श्रेष्ठ, हरिदेव खरेललगायतको उपस्थिती रहेको थियो ।