कोल्हवीको ईलाका प्रशासन कार्यालय ६ महिनादेखि प्रमुख बिहिन

ए वान डेस्क
१५ जेष्ठ २०७५, मंगलवार ११:२५

नविन चौधरी /

ईलाका प्रशासन कार्यालय कोल्हवीमा करिब ६ महिनादेखि कार्यालय प्रमुख नहुदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ । तत्कालिन प्रमुख शम्भु नारायण झा प्रदेश नम्बर २ को राजधानी जनकपुरमा सरुवा भएपछि गएपछि ईलाका प्र्रशासन कार्यालय प्रमुख बिहिन बनेको हो ।

अहिले ओम बहादुर खड्का र अनिता कुमारी राजलवटले सेवाग्राहीको काम गरिरहनुभएको छ । यद्धपी दुवैजना महिनामा एक पटक मात्र आउने गरेपछि सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

प्रमुख नहुदा जिल्ला प्रशासन कार्यालय कलैयाबाट सेवा लिनु परेको सेवग्राहीको गुनासो छ । यसबारे कोल्हवी नगरपालिकाका मेयर भरत बहादुर भण्डारीसंग बुझ्दा ईलाका प्रशासन कार्यालय कार्यालयय नगरपालिका मातहत नरहेकोभन्दै पन्छिनुभयो । प्रमुख नहुदा कार्यालयका कर्मचारीहरु पनि बढि अनुपस्थित हुने गरेका छन् ।

कार्यालयका सुचना अधिकारी अर्जुन आचार्यसंग यस बिषयमा बुझ्दा केहिदिनमा प्रमुख आउने भनिएपनि अहिलेसम्म नआएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*