जिउदो माछा व्यवसायी संघको केन्द्रिय समिति गठन, जंगबहादुर भए अध्यक्ष
ए वान डेस्क /
काठमाण्डौमा जिउदो माछा व्यवसायी संघको केन्द्रिय समिति गठन गरिएको छ । माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहको अध्यक्षतामा ७ सदस्यि समिति गठन गरिएको हो ।
काठमाण्डौमा बसेको माछा व्यवसायीहरुको भेलाले शाहको अध्यक्षतामा ४ सल्लाहकार रहने गरी केन्द्रिय समिति गठन गरेको हो । गठिमा समितिको उपाध्यक्षमा त्रिभुवन चौधरी, कोषाध्यक्षमा स्तेजनारायण चौधरी, सचिवमा सनिरु तमाङ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा किरण कार्की, सुमन थापा, राम खत्रि रहनुभएको छ । केन्द्रिय समितिमार्फत केहिसमय पछि ७ वटै प्रदेशमा प्रदेशस्तरीय समिति गठनको प्रक्रिया अघि बढाईने अध्यक्ष जंगबहादुर शाहले बताउनुभयो ।















