बारासहित चार जिल्लाका पर्यटन व्यवसायी भारतमा, प्रर्यटन प्रवद्धन गर्ने उदेश्य

ए वान डेस्क
१८ जेष्ठ २०७५, शुक्रबार ००:४९

ए वान डेस्क / पटना

नेपालको पर्यटन प्रवद्धन गर्ने उदेश्यका साथ बारासहित चार जिल्लाका होटल तथा पर्यटन व्यसायीहरु भारत आईपुगेका छन् । भारतको बिभिन्न सहरमा हुने पर्यटन प्रवद्धन सम्बन्धी अन्र्तक्रियामा सहभागी हुन बारासहित मकवानपुर, चितवन र नवलपरासीका होटल तथा पर्यटन व्यवसायीहरु भारत आईपुगेका हुन् ।

नेपाल पर्यटन बोर्डको सहकार्य तथा क्षेत्रिय होटल संघ सौराहको समन्वयमा ३ जना पत्रकारसहित ३२ सदस्य टोलि हिजो राति पटना आईपुगेको थियो । टोलिले आज पटनाका पर्यटन व्यवसायी, होटल व्यवसायी र भारतीय वाणिज्य दुतावासका प्रतिनिधिसंग पर्यटन प्रवद्धनका बिषयमा अन्र्तक्रिया गर्नेछ ।

नेपालको खासगरी पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको पर्या पर्यटनका बिषयमा पटनाका सरोकारवालालाई जानकारी गराउने कार्यक्रम रहेको क्षेत्रिय होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । दुवै निकुञ्जको पर्यटकीय सम्भावनाका बिषयमा यहाका सरोकारवालालाई जानकारी गराउनसमेत अन्र्तक्रिया गर्न लागिएको होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।

लामिछानेका अनुसार अन्र्तक्रियामार्फत दुवै निकुञ्जमा पाईने संरक्षित बन्यजन्तु, ताल तलैया, ऐतिहासिक मठ मन्दिर लगायत धार्मिक एवं मनोरम पर्यटकीय क्षेत्रका बिषयमा प्रष्ट पारिनेछ । भ्रमण टोलिमा बाराबाट होटल व्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछाने, बरिष्ठ पर्यटन व्यवसायी युवराज लामा, होटल इच्छाका प्रकाश वाग्ले, पत्रकार प्रदिप गौतम सहभागी हुनुहुन्छ । यस्तै चितवन पर्यटन विकास समितिका अध्यक्ष विश्वराज सुवेदी, पर्यटन व्यवसायी टिका गिरि, पर्यटन व्यवसायी बिष्णु गोपाल महर्जन लगायत सहभागी हुनुहुन्छ ।

यसअघि भ्रमण टोलिलाई हिजो बिहान बाराका होटल तथा पर्यटन व्यवसायीहरुले बाराको पर्यटकीय नगरी अमलेखगञ्जको एलिफेन्ट भिलेज रिर्सोटमा स्वागत गरेका थिए । छिमेकी राष्ट्र भारतको रक्सौल, मोतिहारी, मोजफपुर हुदै हिजो पटना आईपुगेको टोलि १९ गते बनासर, २० र २१ गते लखनऊ र २२ गते गोरखपुरको कार्यक्रममा सहभागी हुनेछ ।

त्यसपछि २३ गते टोलि नेपाल फर्किने कार्यक्रम छ । सोही दिन अर्थात २३ गते बिहान सिद्धार्थ होटल संघ भैरहवाले स्वागत गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*