मेयर कप फुटबल : आज दुई खेल हुने

फाईल फोटो
ए वान डेस्क
१८ जेष्ठ २०७५, शुक्रबार १२:०६

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकामा हिजोदेखि शुरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्र्तगत आज दुई खेल हुदैछन् । दिउसो ३ बजेपछि शुरु हुने प्रतियोगितामा आजदेखि सेमिफाईनल प्रवेशका लागी २ खेल हुन लागेका हुन् ।

प्रतियोगिता अन्तर्गत शुक्रवार वडा नं. २ र वडा नं. १८ बीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा वडा नं. २१ र वडा नं. १५ बी प्रतिस्पर्धा हुनेछ । यसअघि हिजोको उद्घाटन खेलमा वडा नं. १ र ११ बिजयी भएको थियो । हिजो भएको पहिलो खेलमा वडा नम्बर १३ लाई ३–० ग्ँोल अन्तरले पराजित गर्दे वडा नम्बर १ ले विजयी शुरुवात गर्यो ।

यस्तै वडा नम्बर ६ लाई सडन डेथमा पराजित गर्दे वडा नम्बर ११ विजयी भयो । प्रतियोगिताको हिजो एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*