नेपालका पर्यटन व्यवसायीद्धारा भारतको पटनामा अन्र्तक्रिया

ए वान डेस्क
१८ जेष्ठ २०७५, शुक्रबार १४:०७

प्रदिप गौतम/पटना

‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ भन्ने नाराका साथ भारत आएका नेपालका पर्यटन व्यवसायीले आज पटनाका पर्यटन व्यवसायीसंग अन्तरक्रिया गरेका छन् । नेपाल पर्यटन वोर्डको सहकार्य तथा क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको समन्वयमा देशका चार जिल्लाबाट भारत आईपुगेको टोलिले पटनामा अन्र्तक्रिया गरेको हो ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रवन्धक उदय भट्टराई र चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले पर्यटकीय गन्तव्यको तस्विर सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल र मूख्य गरी बारामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जदेखि लुम्वीनी सम्मको पर्यटकीय गन्तव्यहरुका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा चितवन राष्टिय निकुञ्ज परिसरका गन्तव्यहरु त्रिवेणी धाम, शास्वत धाम, गिद्ध संरक्षण केन्द्र, सौराहा, देवघाट, मेघौली, कसरा, मकवानपुरको शहिद स्मारक, इन्द्र सरोवर, भुटनदेवी, बाराको चुरीयामाई, गढीमाई लगायतका पर्यटकीय गन्तव्यको बिषयमा तस्विर सहित प्रस्तुत गरिएको थियो । कार्यक्रममा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज आसपाका क्षेत्रमा पाईने जिवजन्तु, ऐतिहासिक मठ मन्दिर, ताल तलैया लगायतका बिषयमा जानकारी गराईएको थियो ।

कार्यक्रममा दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा,पाटे वाघ,घडियाल गोही,हात्ती,गौरीगाई,चरा लगायतको महत्वको वारेमा प्रकाश पारिएको थियो ।

भारतिय सिमा सहरवाट छोटो दुरीमा थोरै लागतमा भारतीय पर्यटकले नेपालको मनमोहक प्रकृतिक सौन्दर्यता, दुर्लव वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गरी आनन्द लिन सक्ने क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । भारतिय सिमा सहरमा विदा र अत्याधिक गर्मी भएको समयमा नेपालमा पर्यटन गतिविधीका लागि मौषम अनुकुल रहने बताउदै घिमिरेले भारतिय व्यवसायीहरुलाई नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो ।

अन्र्तक्रियामा बोल्दै बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले नेपालमा पर्यटकीय सम्भावना रहेकोभन्दै दुई देश मिलेर यसको प्रवद्धन गर्नुपर्ने बताउनुभयो । यता संयुक्त रुपमा दुई देशले संयुक्त रुपमा पर्यटन प्रवद्धन गर्न सकिने भारत सरकारका पर्यटन मन्त्रालयका निर्देशक गोविन्द च. भुयनले बताउनुभयो । सिमा क्षेत्र नजिकै रहेकोले दुवै देशको पर्यटन प्रवद्धनका लागि सरोकारवाला विच छलफल गरेर अघी रणनिती वनाएर काम गर्न सके बताउनुभयो ।

कार्यक्रममा सहभागी भारतिय पर्यटन व्यवसायीहरुले वाल्मीकी आश्रमको संयुक्त रुपमा संरक्षण गर्नुपर्ने,धार्मीक पर्यटकीय क्षेत्रहरुको सहज र सुलभ प्याकेज वनाउनुपर्ने सुझाव दिएका थिए  नेपाल पर्यटन बोर्डको सहकार्य तथा क्षेत्रिय होटल संघ सौराहको समन्वयमा ३२ सदस्य टोलि छिमेकी राष्ट्र भारतको रक्सौल, मोतिहारी, मोजफपुर हुदै विहिवार राती पटना आईपुगेको हो ।

टोलीले पटना पछी वनारस र लखनउका पर्यटन व्यवसायीहरुसंग छुट्टा छुट्टै अन्तरक्रिया कार्यक्रम गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*