बनारसमा भारतीय पर्यटन व्यवसायीसंगको अन्र्तक्रिया सम्पन्न

ए वान डेस्क
१९ जेष्ठ २०७५, शनिबार १४:२३

प्रदिप गौतम/बनारस

छोटो दुरीमा महत्वपूर्ण पर्यटकीय गन्तब्य रहेरपनि प्रचारको अभावमा नेपालको पर्यटकीय गन्तब्यहरुमा भारतीय पर्यटकहरु पुग्न नसकेको यहाका होटल व्यवसायी र टुर अप्रेटरहरुले जनाएका छन् । उत्तर प्रदेशमा जनताको आम्दानी बढ्दै गएको र उनीहरु घुम्न रुचाउने भएपनि पहिलो गन्तब्य नेपाल बन्न नसकेको उनीहरुले जनाएका हुन् ।

नेपाल पर्यटन वोर्डको सहयोगमा क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाले आज बनारसमा आयोजना गरेको अन्र्तक्रियामा सहभागी व्यवसायीहरुले नेपालका पर्यटकीय गन्तब्यको उचित प्रचार प्रसार गर्न आग्रह गरे । उनीहरुले होटलहरुको स्तर विकास गर्नपनि सुझाव दिएका छन् ।

बनारसी टुरिजम गिल्टका अध्यक्ष रसिद खानले नेपाल र भारतको भाषा, बिचार, खाना मिल्ने भएको र दुरी छोटो भएकाले उचित प्रचार प्रसार गर्न सकेमा भारतीय पर्यटक नेपाल जाने बताउनुभयो । महत्वपूर्ण पर्यटकीय गन्तब्य नेपाल भएपनि धेरै भारतीयलाई यसको बारेमा जानकारी नभएको उहाले बताउनुभयो ।

टुरीजम वेलफेयर ऐसोसिएसन बनारसका अध्यक्ष राहुल मेहताले यहाका जनतालाई नेपालको पर्यटकीय गन्तब्यको बारेमा थाहा नहुदा अन्य देशमा जाने भएपनि छोटो दुरी भएपनि नेपाल जाने नगरेको बताउनुभयो । यस खालका कार्यक्रम निरन्तर गर्न सकेमा भारतबाट धेरै पर्यटक नेपाल भित्र्याउन सक्ने बताउनुभयो ।

होटल वजास ग्रान्डका महाप्रवन्धक एच एन पाण्डेले नेपालका धार्मिक स्थलहरु, निकुञ्जहरुको बारेमा यहाका जनतालाई बुझाउन नसक्दा नेपालमा पर्यटक कम गएको बताउनुभयो ।

यस्तै डलफिल टुर्स एण्ड ट्राभल्सका सञ्चालक सिरमोर चन्दनले आफुले काठमाण्डौ र पोखरा पर्यटक पठाएकोभन्दै होटलहरुको स्तर सुधार्न पर्यटकले सुझाव दिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको बारेमा आज थाहा पाएकोभन्दै उहाले अब यी गन्तब्यहरुमा पनि पर्यटक पठाउने बताउनुभयो ।

होटल मिडोजका महाप्रबन्धक अनुप प्रसादले पर्यटकीय स्थलहरुको प्याकेज निर्माण गरी यहाको बजारमा प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । ट्राभल एजेण्टहरुले यहाबाट नेपालमा हवाई यात्रा गर्दा नियमित नहुदा समस्या हुने गरेको बताएका थिए । यहाका युवा पर्यटकहरु वन्यजन्तु र हिमश्रृखलामा रमाउने भएपनि जेष्ठ पर्यटकहरुको आकर्षण धार्मिक स्थलमा हुने गरेको सहभागीहरुले जनाएका थिए ।

‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ भन्ने नाराका साथ चितवन, बारा, मकवानपुरका पर्यटन व्यवसायीहरु बिहिवार भारत आई प्रचारमा जुटेका हुन् । आज बनारसमा आयोजित कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रवन्धक उदय भट्टराई र चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले नेपाल र मूख्य रुपमा वारा देखि लुम्वीनी सम्मको पर्यटकीय गन्तव्यहरुका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहांहरुको कार्यपत्रमा लुम्बीनिदेखि बारासम्मको पर्यटकीय गन्तव्यहरु र दुरीहरुको बारेमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले भारतीय सिमा क्षेत्रमा नेपालको पर्यटकीय गन्तब्यका बारेमा प्रचार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाले आगामी दिनमा पनि सबैको सुझावलाई मध्यनजगर गर्दे सिमा क्षेत्रका भारतीय सहरहरुमा नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारलाई नियमितता दिने बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी युवराज लामाले नेपालमा अब अशान्ति र अस्थिरता सकिएको भन्दै कम खर्चमा महत्वपूर्ण गन्तब्य नेपाल भएकाले नेपालमा पर्यटक पठाईदिन आग्रह गर्नुभयो ।

यसअघि शुक्रवार पटनामा कार्यक्रम गरेको टोलिले आईतवार साझ लखनऊमा त्यहाका व्यवसायीसंग कार्यक्रम गर्देछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*