५ दिने भारत भ्रमण सकियो, उचित प्रचार प्रसार गर्न सुझाव

प्रदिप गौतम
नेपालको पर्यटन प्रवद्धन गर्ने उदेश्यका साथ बिहिबारदेखि भारत भ्रमण शुरु भयो । खासगरी चितवन र पर्सा राष्ट्रिय निकुञ्जको बिषयमा त्यहाका होटल तथा पर्यटन व्यवसायी, टुर अप्रेटर र सञ्चारकर्मीलाई जानकारी गराउन भारतको बिभिन्न सहरमा अन्र्तक्रिया गरियो ।
नेपाल पर्यटन वोर्डको सहयोगमा क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाले आयोजना गरेको अन्र्तक्रिया पटनाबाट शुरु भएको थियो । ५ दिने भारत भ्रमणका क्रममा पटना, बनारस र लखनऊमा कार्यक्रम भएको थियो । कुन ठाउमा कसले के भने ?
पटना
पटनामा आयोजित अन्र्तक्रियामा नेपाल र भारतका गरी झन्डै ६० जना सहभागी थिए । कार्यक्रममा सहभागीहरुले प्रचार प्रसारको अभावमा नेपालको पर्यटन प्रवद्धन हुन नसकेको बताए । सही माद्यमबाट प्रचार प्रसार गर्ने हो भने चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्ने उनीहरुले बताए ।
अन्र्तक्रियामा बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले एक आपसमा सहकार्य गरेर नेपाल र भारतको पर्यटन प्रवद्धन गर्नुपर्ने बताउनुभयो । ‘हामी दुवै एक हौ, त्यसकारण पर्यटन प्रवद्धन गर्ने सवालमा पनि दुवै एक हुन जरुरी छ’ उहाले भन्नुभयो ।
बनारस
उत्तर प्रदेशमा जनताको आम्दानी बढ्दै गएको र उनीहरु घुम्न रुचाउने भएपनि पहिलो गन्तब्य नेपाल बन्न नसकेको उनीहरुले बताए । अन्र्तक्रियामा सहभागी व्यवसायीहरुले नेपालका पर्यटकीय गन्तब्यको उचित प्रचार प्रसार गर्न आग्रह गरे ।
उनीहरुले होटलहरुको स्तर विकास गर्नपनि सुझाव दिए । अन्र्तक्रियामा बनारसी टुरिजम गिल्टका अध्यक्ष रसिद खानले नेपाल र भारतको भाषा, बिचार, खाना मिल्ने भएको र दुरी छोटो भएकाले उचित प्रचार प्रसार गर्न सकेमा भारतीय पर्यटक नेपाल जाने बताउनुभयो ।
लखनऊ
लखनऊमा आयोजित अन्र्तक्रियामा सहभागीले चितवन र पर्सा रािष्ट्रय निकुञ्जमा पाईने जंगली जनावर, ऐतिहासिक मठ मन्दिर र ताल तलैयाको व्यापक रुपमा प्रचार प्रसार गर्न सुझाव दिए । त्यसको लागी अनलाईन बुकिङ्ग सिस्टम लागु गर्नुपर्ने बताए । ‘त्यसले तपाईहरुको ठाउमा के कस्तो होटल छ, कस्तो सेवा सुविधा छ भन्ने कुरा हामीले जान्न सक्छौ र यहिबाटै बुकिङ्ग गर्न सक्छौ’ उनीहरुले भने ।
कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले भारतीय सिमा क्षेत्रमा नेपालको पर्यटकीय गन्तब्यका बारेमा प्रचार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाले आगामी दिनमा पनि सबैको सुझावलाई मध्यनजगर गर्दे सिमा क्षेत्रका भारतीय सहरहरुमा नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारलाई नियमितता दिने बताउनुभयो ।
‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ भन्ने नाराका साथ चितवन, बारा, मकवानपुरका पर्यटन व्यवसायीहरु भारत भ्रमणमा थिए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रवन्धक उदय भट्टराई र चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले नेपाल र मूख्य रुपमा बारा देखि लुम्वीनी सम्मको पर्यटकीय गन्तव्यहरुका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा लुम्बीनिदेखि बारासम्मको पर्यटकीय गन्तव्यहरु र दुरीहरुको बारेमा उल्लेख गरिएको थियो ।
भ्रमण उपलब्धिमुलक भयो
पर्यटन प्रवद्धन गर्न नेपालबाट भारत पुगेका यहाका होटल तथा पर्यटन व्यवसायीहरुले ५ दिने भारत भ्रमण उपलब्धिमुलक रहेको बताए । ए वान समाचारसंग कुरा गर्दे होटल तथा पर्यटन व्यवसायी मोहन शर्मा लामिछानेले भन्नुभयो ‘भारतको ५ दिने भ्रमण उपलब्धिमुलक भएको मैले महशुस गरेको छु, यसले धेरै कुरा जान्ने अवसर मिलेको छ’ । ‘अन्र्तक्रिया गरिरहदा त्यहाका पर्यटन व्यवसायीहरुले राम्रो सुझाव दिएका छन्, पक्कैपनि हामीले अझै यहाका पर्यटकीय स्थलहरुको उचित प्रचार प्रसार गर्न सकेका छैनौ’ उहाले भन्नुभयो ।
यस्तै युवा होटल व्यवसायी प्रकाश वाग्लले प्रविधिको भरपुर प्रयोग गर्न नसक्दा नेपालको पर्यटन पछि परेको बताउनुभयो । ‘हामी अहिले प्रविधिको युगमा छौ, अब पनि हामीले प्राविधिक रुपमा पर्यटन प्रवद्धनको माद्यम खोज्न सकेनौ भने हामी पछि पर्छो’ उहाले भन्नुभयो ।