सिमरामा मालपोत र नापि कार्यालय स्थापना हुने

ए वान डेस्क
२३ जेष्ठ २०७५, बुधबार १४:५७

ए वान डेस्क /

बाराको सिमरामा नया मालपोत र नापि कार्यालय स्थापना हुने भएको छ । मन्त्रिपरिषदको जेठ २० गतेको निर्णय अनुसार सिमरामा मालपोत र नापि कार्यालय स्थापना हुने भएको हो ।

यो निर्णय यसअघि नै २०७१ असोज ३० गते मन्त्रिपरिषदले गरेको थियो । तर मालपोत र नापि कार्यालय तत्काल स्थापना नगरिनेभन्दै सरकारले स्थगित गरेको थियो । जेठ २० गतेको निर्णय अनुसार सरकारले पुनः ०७१ असोजको निर्णय यथावत राख्ने निर्णय गरेको छ ।

यसैबिच, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले भुषि सुधार तथा व्यवस्था विभाग बबरमहल र नापि बिभाग बबरमहललाई कार्यालय सञ्चालनको लागी पत्राचार गरिसकेको छ । यस्तो छ पत्र :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*