बारामा दुई वटा मालपोत र नापि : निर्णय पुरानै, कार्यालय नया
प्रदिप गौतम /
बारामा दुई वटा मालपोत र नापि कार्यालयबाट शर्वसाधारणले अब सेवा लिन पाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकले सिमरामा पनि मालपोत र नापि कार्यँलय स्थापना गर्ने निर्णय गरेसंगै अब दुई वटा कार्यालयबाट शर्वसाधारणले सेवा पाउने भएका हुन् ।
यसअघि सिमरा, पथलैया, जीतपुर, परवानिपुर, डुमरवाना, निजगढ क्षेत्र शर्वसाधारण सेवा लिन कलैया पुग्ने गरेका थिए । टाढा–टाढाबाट मालपोत र नापि कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीका कारण कलैयामा अत्याधिक भिड लाग्ने गरेको थियो । जसका कारण सेवाग्राही र कर्मचारीलाई सेवा आदान–प्रदान गर्न निकै समस्या हुने गरेको थियो ।
यी सबै समस्या र झनझट अन्त्य गर्न मन्त्रिपरिषदको बैठकले सिमरामा नयामालपोत र नापि कार्यालय स्थापना गर्ने भएको हो । यो संगै अब बारामा दुई वटा मालपोत र नापि कार्यालयबाट सेवाग्राहीले सेवा लिन पाउने भएका छन् । कलैयामा पायक पर्ने शर्वसाधारणले कलैया र सिमरामा पायक पर्ने शर्वसाधारणले सिमराबाट सेवा लिन सक्ने भएपछि शर्वसाधारणहरु उत्साहित देखिएका छन् ।
लागु गरियो पुरानै निर्णय
यो निर्णय मन्त्रिपरिषदको बैठकले यही जेठ २० गते गरेको थियो । २०७१ असोज ३० गते नै मन्त्रिपरिषदले यो निर्णय गरेपनि सिमरामा मालपोत र नापि कार्यालय तत्काल स्थापना नगरिनेभन्दै सरकारले स्थगित गरेको थियो । कलैयाबाट मालपोत र नापि कार्यालय सार्न लागिएकोभन्दै कलैयाका लेखापढी व्यवसायीहरुले आन्दोलन गरेका थिए ।
यता सिमरामा पनि सरकारको निर्णय स्वागत योग्य रहेकोभन्दै त्यसबेला सिमरा मै कार्यालय स्थापना गर्न माग गर्दे आन्दोलन थालिएको थियो । कार्यालय सार्न नदिनेभन्दै कलैयाको अडान र कार्यालय स्थापना गर्न माग गर्दे सिमरामा थालिएको आन्दोलनले उग्र रुप लिएपछि सरकार आफ्नो निर्णयबाट त्यसबेला पछि हट्न बाध्य भयो । जसकारण त्यसबेला सिमरामा मालपोत र नापि कार्यालय स्थापना भएन् ।
त्यतिमात्र हैन्, सिमरासंगै रौतहटको चपुरमा पनि सरकारले तत्काल मालपोत र नापि कार्यालय स्थापना नगर्ने निर्णय गर्यो । तर सिमरा र चपुर बाहेक अन्य जिल्लामा भने सरकारको निर्णय अनुसार मालपोत र नापि कार्यालय स्थापना भयो ।
अहिले जेठ २० गतेको निर्णय अनुसार सरकारले पुनः ०७१ असोजको निर्णय यथावत राख्ने निर्णय गरेको छ ।
कहिलेसम्म हुन्छ स्थापना ?
कृषि, भुषि व्यवस्थापन तथा सहकारी मन्त्रालयका अनुसार यथाशिघ्र सिमरामा मालपोत र नापि कार्यालय स्थापना गरिनेछ । मन्त्रालयका भुमि व्यवस्थापन सचिव गोपिनाथ मैनालीले आवश्यक प्रक्रिया पुरा गरेर मात्र कार्यालय स्थापना गरिने बताउनुभयो ।
त्यसको लागी पहिले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घर भाडा निर्धारण समिति बनाईने उहाले बताउनुभयो । सरकारी नियम अनुसार घर भाडाका लागी आवश्यक सुचना प्रकाशित गरिनेभन्दै उहाले यथाशिघ्र कर्मचारी व्यवस्थापनको कम थालिने बताउनुभयो ।
पत्र पठाईयो
कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले भुषि सुधार तथा व्यवस्था विभाग बबरमहल र नापि बिभाग बबरमहललाई पत्र पठाएको छ । पत्र अनुसार मन्त्रालयले कार्यालय सञ्चालनको लागी आवश्यक व्यवस्था गर्नसमेत भनेको छ ।
सिमरामा मालपोत र नापि आउनु सकरात्मक
सिमरामा मालपोत र नापि कार्यालय स्थापना हुनु सकरात्मक भएको नेपाल कम्युष्टि पार्टीका नेता राजन पौडेलले बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘हाम्रो निरन्तरको पहलले गर्दा आज सिमरामा मालपोत र नापि कार्यालय स्थापना हुने भयो, हामी निकै खुशि छौ’ ।
‘बाहिर हल्ला आए जस्तो कलैयाको मालपोत र नापि कार्यालय सार्न लागिएको हैन्, त्यो कुरा भने सबैले बुझ्न आवश्यक छ’ उहाले भन्नुभयो । ‘काठमाडौं जिल्लामा चावहिल, कलन्की र डिल्लीबजार गरि ३ स्थानमा मालपोत र नापी कार्यालयहरुबाट सेवा प्रवाह भए जस्तै बारा जिल्लामा कलैया र सिमरा २ स्थानबाट मालपोत र नापीको सेवा प्रवाह हुने हो, कोही भ्रममा नपरौ’ उहाले भन्नुभयो ।
















