थारु महिला संघ बाराको दोश्रो जिल्ला अधिवेशन सम्पन्न

ए वान डेस्क
२३ जेष्ठ २०७५, बुधबार २१:२९

नविन चौधरी /

थारु महिला संघ बाराको दोश्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा बाराका अध्यक्ष राम प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि श्यामा देवी चौधरी रहनुभएको थियो ।

कार्यक्रममा थारु अगुवा लक्ष्मी चौधरी, चुनिया देवि चौधरी, मोति देवी चौधरी, रामनाथ चौधरी, भुवन चौधरी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन यादव कृष्ण चौधरीले गर्नुभएको थियो ।

कार्यक्रमकाबिच करैयामाई गाउँपालिकाका अधिकृत अमोद चौधरीलाई सम्मान गरिएको थियो । चौधरीले केहिसमय अघि दाईजो बिनै विवाह गरेका थिए । मेधशमा अहिलेपनि दाईजो प्रथा कायमै रहेकोभन्दै दाईजो बिनै विवाह गर्ने चौधरीलाई सम्मान गर्न पाउदा आफुहरु निकै खुशि भएको स्थानीयले बताए ।

अधिवेशनले माया देवी चौधरीको अध्यक्षतामा ११ सदस्य नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रकान्ता चौधरी रहनुभएको छ । नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*