ठोरीमा ३ दिने पत्रकारीता तालिम शुरु

ए वान डेस्क
२६ जेष्ठ २०७५, शनिबार १३:४५

पर्सा, ठोरी /

पर्साको ठोरीमा आजदेखि ३ दिने पत्रकारीता तालिम शुरु भएको छ । ठोरी गाउपालिकाको आर्थीक सहयोगमा प्रदेश मिडिया प्रा.लिले विजयवस्तीमा ३ दिने तालिम शुरु गरेको हो ।

नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय विजयवस्तीमा आयोजित जनजाती युवाका लागि ३ दिने पत्रकारिता तालिमको ठोरी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर तामाङ्गले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उहाले तालिममा सिकेका कुरा व्वहारमा लागु गर्न आग्रह गर्नुभयो ।

पत्रकारीतामार्फत समाज परिवर्तन गर्न सकिनेभन्दै उहाले बिशेष चासोका साथ तालिम लिन सहभागीलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै वानका केन्द्रिय सदस्य संतोष देउजाले समाज परिवर्तन गर्न पत्रकारको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य प्रताप श्रेष्ठ, वडा सदस्यहरु तेजबहादुर श्रेष्ठ, मानबहादुर बुढाथोकी, कान्छिमाया थिङ्ग, रेडियो विजयवस्तीका अध्यक्ष संतोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश मिडिया प्रा.लिका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रभात लामाले गर्नुभएको थियो । तालिममा ठोरी गाउपालिकाको पाच वटै वडाका ५० जना युवा/युवतीहरु सहभागी छन् ।

तालिममा सहभागीहरुलाई पत्रकार प्रेम लामा, प्रताप श्रेष्ठ र प्रभात लामाले प्रशिक्षण दिईरहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*