नेपाल खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा गाउँले

२५ हजार रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार घोषणा
ए वान डेस्क
२७ जेष्ठ २०७५, आईतवार ०६:५२

सिमरा, २६ जेठ /

नेपाल खेलकुद पत्रकार मञ्च बाराको प्रथम अधिवेशन शनिवार सिमरामा सम्पन्न भएको छ । अधिवेशनले आगामी तिन वर्षे कार्यकालका लागि सुनिल गाउँलेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा श्याम गुप्ता, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा रञ्जन यादव, मनोज कुमार साह, प्रदिप गौतम, शारदा पोखरेल, साजिर मंसुर, मिरा राई, निमा लामा र अविनाश आचार्य सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक रेशम तिवारीले जानकारी दिए ।

यस्तै मञ्चको सल्लाहकारमा पत्रकारहरु गुरुप्रसाद गौतम, कमलकुमार उपाध्याय, रेशम तिवारी, प्रकाश लम्साल, लक्ष्मी साह, बसन्त शर्मा, गोकुल घोरासैनी र दिवाकर भण्डारीलाई चयन गरिएको मञ्चका अध्यक्ष सुनील गाउँलेले जानकारी दिए ।

खेलकुद पत्रकारिता पुरस्कार घोषणा

बारा जिल्लामा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकारहरुलाई खेलकुद पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्य सहित नेपाल खेलकुद पत्रकार मञ्च बाराले २५ हजार रुपैयाँ पुरस्कार राशीको खेलकुद पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना दिवसका अवसरमा हरेक वर्ष भदौ २७ गते बाराका एकजना पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने मञ्चका अध्यक्ष सुनील गाउँलेले बताए । ‘जिल्लाको खेलकुद गतिविधिमा सकृय कलम चलाउने पत्रकारलाई प्रोत्साहन र खेल तथा खेलाडीको सम्मानमा हामिले यो पुरस्कारको स्थापना गरेका हौं’ अध्यक्ष गाउँलेले भने ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघ प्रदेश नम्बर दुईका सचिब गुरु प्रसाद गौतम, सदस्य भोजराज भट्टराई, जितलाल श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश लम्साल, व्रोडकाष्टिङ एशोसियसन अफ नेपाल (बान)का प्रदेश नम्बर दुईका अध्यक्ष आरसी यादव, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, बरिष्ठ पत्रकार रेशम तिवारी, सिमरा स्थित नवजनजागृती यूवा क्लबका महासचिब शम्भुसिंह ठकुरी, बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामा, नयाँ गोरेटो पुर्नस्थापना केन्द्र पथलैयाका अध्यक्ष राजकुमार लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चका अध्यक्ष गाउँलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिब बसन्त खतिवडाले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*