वीरगन्जको आईसीपीमा निगमका ट्यांकरलाई अलग्गै लाइन

ए वान डेस्क
२७ जेष्ठ २०७५, आईतवार ०७:२६

वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई डेडिकेटेड लाइन (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ । आजको कान्तिपुरमा खबर छ ।

सातायता भारतको रक्सौलमा इन्धन बोक्ने नेपाली ट्यांकरका चालकमाथि भइरहेको कुटपिट र दुव्र्यवहारको घटना र त्यसले सिर्जित गरेको समस्याको समाधान गर्न रक्सौल आईसीपीमा शुक्रबार सम्पन्न सरोकारवालाहरुको दुईदेशीय बैठकमा भारतीय पक्षले यस्तो सहमति जनाएको हो ।

भारतीय राजमार्ग हुँदै बरौनीबाट इन्धन बोकेर आएका नेपाल आयल निगमका ट्यांकर चालकहरुलाई रक्सौल आईसीपीतर्फ प्रवेश गर्ने क्रममा लक्ष्मीपुरमा भारतीय प्रहरीले कुट्ने, कागजात र पैसा खोस्नेजस्ता घटना नियमित हुन थालेपछि त्यसको दीर्घकालिन समाधान गर्न उक्त बैठक गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*