मेयर कप फूटवल : वडा नं. १ फाईनलमा प्रवेश

ए वान डेस्क
३० जेष्ठ २०७५, बुधबार २१:०३

वडा नं. १२ लाई सडन डेथमा पराजित गर्दै वडा नं. १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा वडा नं. १२ लाई वडा नं. १ ले सडन डेथमा पराजित गरेको हो । निर्धारित समयमा दुबै टिमले बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत बराबरी भएपछि नतिजा सडन डेथबाट निस्किएको हो ।

निर्धारित ८० मिनेट खेलको २०औं मिनेटको खेलमा वडा नं. १ का लागि निरज राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलम उत्कृष्ट प्रदर्शन गरेका निरजले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि थुप्रै अवसर गुमाएको वडा नं. १ ले सडम डेथसंग संघर्ष गर्नुप¥यो । क्वार्टरफाईनलमा वडा नं. ७ संग १–० ले पराजित भएको वडा नं. १२ प्रोटेस्टपछि बिजयी घोषित भएको थियो । वडा नं. ७ ले वडाभन्दा बाहिरको खेलाडी खेलाएको खुलेपछि आयोजकले वडा नं. १२ लाई बिजयी घोषणा गरेको हो ।

खेलमा दोस्रो अवसर पाएको वडा १२ ले आकर्षक खेल भने प्रदर्शन गर्न सकेन । अन्तिम समयसम्म वडा नंं. १ लाई रोक्न संघर्ष गरेको वडा नं. १२ ले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । वडा नं. १ को रक्षापंक्ती सम्हालेका रोहन लामा र गोलरक्षक रोहन मगरबीच तालमेल नमिल्दा वडा नं. १२ का सागर चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल टाईब्रेकमा पुगेको थियो । टाईब्रेकरमा पनि दुई टिमले ५–५ को बराबरी खेलेका थिए । वडा नं. १ का लागि टाईब्रेकरमा कप्तान रोहन लामा, निरज राई, अमित दुवाडी, पुजन श्रेष्ठ र बसन्त लामाले गोल गरे । वडा नं. १२ का लागि सागर चौधरी, सुमन चौधरी, रामप्रवेश राय, मित्यानन्द राय र आकाश रायले गोल गरे ।

टाईब्रेकर पनि बराबरीमा सकिएपछि सडन डेथमा वडा नं. १२ का अजय चौधरीको प्रहार वडा नं. १ का गोलरक्षक रोहन मगरले नियन्त्रणमा लिए । वडा नं. १ का लागि प्रशान्त चौधरीले सडन डेथमा गोल गर्दै टिमलाई जीत दिलाए । खेलको म्यान अफ दि म्याच वडा नं. १ का गोलरक्षक रोहन मगर घोषित भए । उनलाई वडा नं. १ का वडाअध्यक्ष हिराबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेलगायतले ट्रफि प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत बिहिवार दोस्रो सेमिफाईनल खेल वडा नं. ५ र वडा नं. २ बीच हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सञ्चार प्रवद्र्धकको रुपमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*