औराहमा आधारभुत कम्प्युटर तालिम शुरु

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ४ स्थित औराहमा आधारभुत कम्प्युटर तालिम शुरु भएको छ । वडा नम्बर ४ को आर्थीक सहयोगमा ए वन कम्प्युटर ईन्स्टिच्युट सिमराले तालिम आयोजना गरेको हो ।
वडा नम्बर ४ का वडा सदस्य अमिताभ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु लालपरी राम, पुन्यवती कडेल लगायतको उपस्थिति रहेको स्थानीय नविन खड्काले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन वडा नम्बर ४ का वडा सचिव राजेश सुवेदीले गर्नुभएको थियो ।
तालिममा करिव ३० जनाको सहभागीता रहेको छ । सहभागीहरुलाई बसन्त चौधरीले प्रशिक्षण दिईरहनुभएको छ ।