अन्तिम समयको गोलले उरुग्वे विजयी, इजिप्ट निराश
ए वान डेस्क
१ असार २०७५, शुक्रबार १९:५७
विश्वकप फुटवलको समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराएको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए ।
मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले सम्झनलायक खेल खेल्यो । अन्तिम समयसम्म उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो ।