बारामा विश्वकप फुटबलको रौनक

फोटो : फेसबुकबाट
ए वान डेस्क
१ असार २०७५, शुक्रबार २१:०८

ए वान डेस्क /

यतिबेला फुटबलको महामेला मानिने विश्वकपले संसारका हरेक नागरिकको ध्यान तानिरहेका बेला बारामा पनि यसको रौनक छाएको छ । बारामा गाउदेखि बजारसम्म कपडा पसलदेखि होटलसम्म विश्वकपको रौनकता छाएको देखिन्छ ।

बारामा जर्सीको व्यापार पनि राम्रैसंग फष्टाएको छ । बजारमा अहिले विश्वकपमा सहभागी राष्ट्रहरुको खेलाडीको जर्सी झुण्ड्याइएको देखिन्छ । फुटबल प्रेमीहरुले विश्वकपको मज्जा लिन विभिन्न तयारी पनि गरेका छन् ।

खासगरी सिमरा, पथलैया, डुमरवाना, निजगढ लगायतका ठाउमा विश्वकप हेर्नकै लागि फुटबल पे्रमीहरुले प्रोजेक्टर राखेका छन् । उनीहरुले प्राजेक्टरबाट फुटबल हेर्ने व्यवस्था मिलाएका हुन् ।

प्रोजेक्टरमा फुटबल हेर्दे पथलैयाका युवा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*