विश्वकपको तेस्रो खेलमा मोरक्को र इरान मैदानमा

१ असार २०७५, शुक्रबार २१:२१

रसियामा जारी फिफा विश्वकप २०१८ को तेस्रो खेल मोरक्को र इरानबीच सेन्ट पिटर्सवर्ग खेल मैदानमा सुरु भएको छ ।
दक्षिण अफ्रिकी राष्ट्र मोरक्को र एसियाली राष्ट्र इरानले अहिलेसम्म एक अर्काविरुद्ध खेलेका छैनन् ।
मोरक्को २० वर्षपछि विश्वकपमा फर्किएको हो भने इरान पाँच पटक विश्वकप खेल्दै एसियाबाट विश्वकपमा छनोट हुने पहिलो राष्ट्र हो ।