कोल्हवी : वडा नम्बर १ खुल्ला दिशामुक्त

ए वान डेस्क
३ असार २०७५, आईतवार १२:०७

नविन चौधरी /

कोल्हवी नगरपालिकाको वडा नम्बर १ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । कोल्हवीमा आयोजित एक कार्यक्रमकाबिच वडा नम्बर १ लाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।

घोषणासभा अघि भब्य रुपमा बाजा गाजासहित गाउ परिक्रमा गरेको थियो । वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी रहनु भएको थियो । वडा नम्बर १ मा १२७२ घरधुरी रहेको छ ।

जसमध्य ६४४ बेशलाईनमा जम्मा चर्पीको संख्या १२६२ र संयुतmमा १० तथा अभियानका समयमा ६१८ चर्पी बनेर ९१.२१ प्रतिशत कार्य सम्पन्न भएको छ । कार्यक्रमकाबिच अब कसैलेपनि खुल्ला रुपमा दिशा गरेमा १ हजार १ रुपैया जरिवाना गर्ने बताईएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले आगामी दिनमा वडालाई सफा र सुन्दर बनाउन सबैले आ–आफ्नो स्तरबाट भुमिका खेल्नुपर्ने बताउनुभयो । वडा नम्बर १ का वडा सचिव देवकान्त चौधरीले वडालाई सफा र सुन्दर बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा गोबिन्द पौडेल, रामनाथ चौधरी, केवल प्रसाद चौधरी, गोपाल प्रसाद अधिकारी, किसुन द्याल चौधरी, भेष बहादुर ढकाल, पुरन देव चौधरी, बिरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत वडाका सदस्य ललिता रामले गर्नुभएको थियो भने संचालन राजेन्द्र महतोले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*