बाराको दुधौरा र पसाह खोला नियन्त्रण गरिने

ए वान डेस्क /
बाराको दुधौरा र पसाह खोला नियन्त्रण गर्ने बिषयमा सरकारले चासो दिएको छ । बर्षाको समयमा बर्षेनी जनधनको क्षती हुने गरेपछि सरकारले खोला नियन्त्रण गर्ने बिषयमा चासो दिएको हो ।
बर्षा शुरुहुनै लाग्दा प्रदेश नम्बर २ को सरकारले दुधौरा र पसाह खोला नियन्त्रण गर्न पहल थाल्ने बताएको छ । त्यसको लागी आवश्यक बजेट बिनियोजन गरिएको सरकारले जनाएको छ । आर्थीक बर्ष २०७५/०७६ को बजेट शार्वजनीक गर्दे आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले दुधौरा र पसाह खोला नियन्त्रण गर्न आवश्यक बजेट बिनियोजन गरिएको बताउनुभयो ।
यता, गत साउनमा आएको बाढीका कारण भाँसिएको पूर्व पस्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दुधौरा पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । नयँ पुल नबन्दा सम्म सडक विभागले दुई पटक सम्म भाँसिएको सो पुल मर्मत गर्नुको सट्टा बेलीव्रिज राख्ने तयारी गरेको थियो तर बजेट अभावका कारण पुरानै पुलको मर्मत गरि यातायात सुचारु गर्न लागिएको हो ।