निजगढ खानेपानी अपडेट : प्रगतिशील अघिअघि, लोकतान्त्रिक पछिपछि

निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नया कार्यसमिति चयन गर्न भएको मतदानको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म प्रगतिशिल प्यानल अगाडी छ भने उसलाई लाकतान्त्रिक प्यानलले पछ्याईरहेको छ ।
प्राप्त जानकारी अनुसार वडा नम्बर ७ को पनि मतगणना सम्पन्न भईसकेको छ । वडा नम्बर ७ मा ८९४ जना कुल मतदाता रहेकोमा मात्र ६८१ मत खसेको थियो ।
त्यसमध्य २ मत बदर भएको मतगणनामा खटिएका एक प्रतिनिधिले जानकारी दिए ।
प्रगतिशील प्यानल तर्फ :
अध्यक्ष : ४२७
उपाध्यक्ष : ४६२
सचिव : ४३३
कोषाध्यक्ष : ४३८
सह-सचिव : ४४५
लोकतान्त्रिक प्यानल तर्फ :
अध्यक्ष : २३४
उपाध्यक्ष : २०५
सचिव : २२४
कोषाध्यक्ष : २२४
सह-सचिव : २१५