पेट्रोलिय पदार्थको मूल्य घट्यो

ए वान डेस्क
३ असार २०७५, आईतवार २१:४१

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य प्रतिलिटर रु ११३ थियो ।

प्रवक्ता गोइतका अनुसार डिजेल र मट्टितेलमा पनि समान दुई/दुई रुपैयाँ घटाइएको छ । अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर रु ९३ भएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*