सिमराको मनकामना ईन्टरप्राईजेजमा गएराती चोरी
ए वान डेस्क /
बाराको सिमरामा गएराती चोरी भएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १ स्थित मनकामना ईन्टरप्राईजेजमा गएराती चोरी भएको हो ।
ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार सो ईन्टरप्राईजेजबाट नगदसहित मदीरा लगायत अन्य उपभोग्य सामान गरी करिव चार लाख बराबरको मालसमान चोरी भएको छ । आफ्नै घरमा पसल खोलेका चुुडामणी भुषालले हिजो राती ९ बजे पसल बन्द गरेका थिए ।
रातीको समयमा चोर समुहले घरको चेनगेटको ताला फोडेर पसलमा चोरी गरेको भुषालले ए वान समाचारलाई जानकारी दिनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।















