बारामा कोल्ड स्टोर निर्माण गर्ने सरकारको तयारी

प्रदिप गौतम /
बारामा शित भण्डार अर्थात कोल्ड स्टोर निर्माण गरिने भएको छ । प्रदेश नम्बर २ को ८ वटै जिल्लामा कोल्ड स्टोर निर्माण गर्ने निति अनुरुप बारामा पनि कोल्ड स्टोर निर्माण गरिने भएको हो । आर्थीक बर्ष २०७५/०७६ को बजेट शार्वजनीक गर्दे प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश नम्बर २ को ८ वटै जिल्लामा कोल्ड स्टोर निर्माण गरिने बताउनुभयो ।
कोल्ड स्टोर निर्माण भईसकेपछि यहाका किशानलाई राहत पुग्ने अनुमान गरिएको छ । बाराको डुमरवानामा यसअघि नै एउटा कोल्ड स्टोर निर्माण गरिसकिएको छ ।
साना किशान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना किशानहरुलाई लक्ष्ति गरी डुमरवानामा कोल्ड स्टोर निर्माण गरेको हो । एकिकृत कृषि सेवा केन्द्रमा कोल्ड स्टोर लगायतका प्रविधियुक्त मेसिनरी औजार राखेको संस्थाले किशान लक्ष्ति कार्यक्रम सञ्चालन गर्दे आएको छ ।
यसैबिच, प्रदेश नम्बर २ को सरकारले किशानहरुलाई मेशिनगरी औजार र कृषि सामाग्रीमा बिशेष अनुदान दिने भएको छ । आर्थीक बर्ष २०७५/०७६ को बजेट शार्वजनीक गर्दे मन्त्री विजय यादवले सो कुरा बताउनुभएको हो ।
साथै चुरे क्षेत्रमा बसोबास गर्ने किशानलाई ईनार निर्माण गर्न अनुदान दिने तयारी भईरहेकोसमेत उहाले बताउनुभयो ।