निजगढ खानेपानीमा प्रगतिशीलको प्यानलनै विजयी, कसको कति मत ?

ए वान डेस्क
४ असार २०७५, सोमबार १३:३५

प्रदिप गौतम /

निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा प्रगतिशीलको प्यानलनै विजयी भएको छ । नया कार्यसमिति चयन गर्न भएको निर्वाचनमा लोकतान्त्रिक प्यानललाई पराजित गर्दे प्रगतिशील प्यानल विजयी भएको हो ।

नेकपाको प्र्रगतिशील र काग्रेस, राप्रपा, राजपा र मालेको लोकतान्त्रिक प्यानलनै बनाएर निर्वाचनमा होमिएका थिए ।

कसको कति मत ?

गएराती शार्वजनीक भएको मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशीलका सुर्दशन कोईराला निर्वाचित हुनुभएको छ । लाकतान्त्रिक प्यानलका नवराज तिमल्सिनालाई ७१५ मत अन्तरले पराजित गर्दे कोईराला अध्यक्षमा निर्वाचित हुनुभएको हो । कोईरालाले १९५४ मत ल्यानभएको थियो भने तिमल्सिनाले १२३९ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा बेनिबहादुर मोक्तान विजयी हुनुभएको छ । मोक्तानले २०४८ मत ल्याउदा खड्गप्रसाद उप्रेतीले मात्र ११६९ मत ल्याउनुभयो । कोषाध्यक्षमा सम्झना लामिछाने विजयी हुनुभयो । उहाले १९७८ मत ल्याउदा सुस्मिता गौतमले १२१४ मत ल्याउनुभयो ।

यस्तै सचिवमा महेश्वर अधिकारी विजयी हुनुभएको छ । अधिकारीले १९६१ मत ल्याउनुभयो भने बद्रि चिमोरीयाले १२३० मत ल्याउनुभयो ।

विजय र्याली

निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा प्रगतिशीलको प्यानलनै विजयी भएपछि आज विहान विजय र्याली निकालिएको छ । नेकपाका नेता/कार्यकर्ताका साथै सम्र्थकहरुले विजयको बधाईसहित आज विहान र्याली निकालेका हुन् ।

र्यालीमा सहभागीहरुले अध्यक्षसहित सबै नया कार्यसमितिलाई फुल मालासहित बधाई दिएका थिए । र्यालीले निजगढ बजार परिक्रमा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*