पत्रकार अधिकारी सचिवमा निर्वाचित
ए वान डेस्क /
पत्रकार महेश्वर अधिकारी निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सचिवमा निर्वाचित हुनुभएको छ । नया कार्यसमिति चयन गर्न भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका बद्रि चिमोरीयालाई पराजित गर्दे अधिकारी सचिवमा निर्वाचित हुनुभएको हो ।
अधिकारी नेकपाको तर्फबाट खानेपानी संस्थाको उम्मेदवार बन्नुभएको थियो । मतपरिणाम अनुसार अधिकारीले १९६१ मत ल्याउनुभयो भने बद्रि चिमोरीयाले १२३० मत ल्याउनुभयो ।
लामो समयदेखि सक्रिय पत्रकारीता गर्दे आएका अधिकारी नेपाल पत्रकार महासंघ बाराको सह–सचिव हुनुहुन्छ । लामो समयदेखि बिभिन्न सामाजिक संघ–संस्थामासक्रिय अधिकारी निजगढबाट प्रकाशित हुने सकरात्मक सोच दैनिकका प्रधान सम्पादक हुनुहुन्छ ।















