अध्यक्षमा निर्वाचित भएपछि के भने कोईरालाले ?

ए वान डेस्क
४ असार २०७५, सोमबार २२:३८

ए वान डेस्क /

निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा समाजसेवी सुर्दशन कोईराला निर्वाचित हुनुभएको छ । अध्यक्ष निर्वाचित भएपछि कोईरालाले विजयी गराउन प्रत्यक्ष अप्रत्यक्ष भुमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो ।

अध्यक्षमा निर्वाचित भए लगत्तै सहयोगी भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदै उहाले निजगढमा देखिएको खानेपानी समस्या समाधान गर्न आफ्नो टिम प्रतिवद्ध रहेको बताउनुभयो । ‘खानेपानी विकासका निम्ति प्रतिवद्ध भएर हाम्रो टिम लाग्नेछ, तर त्यसको लागी सबैको साथ र सहयोग आवश्यक छ’ उहाले भन्नुभयो ।

निजगढको खानेपानी समस्याबारे आफु अवगत रहेकोभन्दै उहाले यो समस्या चाडै समाधान गर्न तदारुक्ताका साथ लागिपर्ने बताउनुभयो । ‘निजगढको भित्री गाउमा खानेपानीको निकै समस्या छ, अब हाम्रो टिम नेतृत्व तहमा पुगेपछि यो सबै समस्याको समाधान हुन्छ’ उहाले भन्नुभयो ।

खानेपानी समस्या समाधान गर्न यसलाई प्रविधिमैत्री तरिकारले व्यवस्थित गर्न जरुरी रहेकोभन्दै उहाले आवश्यक क्रियाकलाप सहित आफु नेतृत्वको टिम अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*