उपेन्द्र देवकोटाको अन्त्येष्टि आज गरिने

ए वान डेस्क
५ असार २०७५, मंगलवार ०६:४२

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको आज अन्त्येष्टि गरिने भएको छ ।

हिजो साझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले विहान ८ देखि दिउसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजक्रिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको न्युरो अस्पतालमा उपचाररत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*