मुख्य प्रबन्धक क्षेत्रीले बृद्धाश्रममा मनाए आफ्नो जन्मदिन

ए वान डेस्क
५ असार २०७५, मंगलवार २१:१४

बिदुर खड्का /

पछिल्लो समय जन्मदिनको नाममा फजुल खर्च गर्ने परम्परा चलिरहदा साना किशान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले भने आफ्नो जन्मदिन बृद्धाश्रममा मनाउनुभएको छ । पथलैयास्थित जेष्ठ नागरीक बृद्धाश्रमका बृद्धबृद्धासंग खुशि साटासाट गरी उहाले आज आफ्नो जन्मदिन मनाउनुभएको हो ।

सो अवसरमा उहाले बृद्धबृद्धालाई फलफुल वितरण गर्नुभयो । बृद्धाश्रममा रहेका नौ जना बृद्धबृद्धालाई फलफुल वितरण गरी उहाले आज बृद्धाश्रममा बृक्षसमेत रोप्नुभएको छ ।

फलफुल वितरण गर्दे उहाले तडक भडक देखाएर फजुल खर्चगरी जन्मदिन मनाउनु भन्दा बर्षमा एकदिन भएपनि दिनदुखिको सेवामा लागे सुन्दर समाज निर्माण हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*